Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सूचना आयोगका आयुक्त डा.सुरेशप्रसाद आचार्यद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण


सूचना आयोगका आयुक्त डा.सुरेशप्रसाद आचार्यद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त  प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराएका हुन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति रहेको थियो । मन्त्रिपरिषद्को गत मङ्सिर ६ गतेको बैठकबाट सिफारिस समितिको सिफारिसका आधारमा आयोगको प्रमुख आयुक्त र आयुक्तहरूलाई नियुक्त गर्ने निर्णय गरेको थियो । मङ्सिर २३ गतेदेखि अघिल्लो कार्यकालका पदाधिकारीको कार्यकाल सकिएको थियो ।