Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रूपन्देही जिल्ला अदालतमा थुनछेक बहस जारी


सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रूपन्देही जिल्ला अदालतमा थुनछेक बहस जारी

काठमाडौं । सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा आज पनि रूपन्देही जिल्ला अदालतमा थुनछेक बहस जारी छ । सहकारी ठगी र संगठित अपराधको अभियोग लागेका रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रवन्ध निर्देशक रवि लामिछाने मुद्दाको प्रतिवाद गर्न आज चौथो दिन पनि अदालतमा उपस्थित भएका छन् ।

रवि गत बुधबार जिल्ला अदालतमा उपस्थित भएका थिए । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा मुद्दा परेपछि उनले सोही दिन बयान दिएर परिवार र वकिलको जिम्माजमानीमा बस्दै आएका छन् । न्यायाधिश योगीको इजलासमा विहिवार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिलहरुले, शुक्रबार जाहेरी तर्फका वकिल र प्रतिवादीका वकिलले बहस गरेका थिए ।

शुक्रबार बहस नसकिएपछि आज आइतबारका लागि पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । बुधबारदेखि लामिछाने होटलमा बसेर अदालतमा नियमित हाजिर भएर मुद्दाको प्रतिवाद गर्दै आइरहेका छन् । आइतबार प्रतिवादीका वकिल रमण श्रेष्ठ, राजेन्द्र सेढाईसहितका बाँकी वकिलले बहस गरेपछि जाहेरवालाका तर्फबाट र सरकारी वकिलहरुले जवाफी बसह गर्ने छन्।

बहस सकिएपछि न्यायाधीश योगीले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाई गर्ने भन्ने आदेश दिने सक्ने अदालतका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए । मुद्दामा लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेललाई छुट्टै १० करोड ९९ लाख र रविको व्यक्तिगत २ करोड बिगो माग गरिएको छ ।