Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट


सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ  बाँडफाँट


काठमाडौं, भदौ १५। सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँट भएको छ। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्छ बैंकिङ्ग लिमिटेडको कार्यालयमा इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको हो। इन्स्योरेन्सले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा मागभन्दा २.१३ गुणा बढी आवेदन परेको थियो ।

निष्काशनमा परेका कुल आवेदनमध्ये १४ लाख ६० हजार ६१ आवेदन स्वीकृत भएको छ भने १ हजार ३४१ आवेदन रद्द भएको छ। मागभन्दा बढी आवेदन परेको हुनाले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियाबाट इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार कुला आवेदकमध्ये ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले इन्स्योरेन्सको शेयर प्राप्त गरेका छन्।