Saturday, June 14, 2025

२०८२ जेष्ठ ३२, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको मूल्य एकैदिन चार हजार दुई सय रुपैयाँले बढ्यो


सुनको मूल्य एकैदिन चार हजार दुई सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउ आज एकैदिन चार हजार दुई सय रुपैयाँले बढेको छ । आज सुन चार हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलको एक लाख ९२ हजार नौ सय रुपैयाँ थियो । सरकारले लगाएको कर र भ्याटले सुनचाँदी व्यवसायमा सङ्कट देखिएको भन्दै व्यवसायीहरूले हिजो र आज देशभरका सुनचाँदी पसल बन्द गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यले जानकारी दिए ।

यस्तै चाँदीको भाउ भने यथावत् छ । आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदी आज हिजोको जस्तै तोलाको २ हजार १ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।