Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रले ३६ घण्टाका लागि विद्युत् उत्पादन बन्द


माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रले ३६ घण्टाका लागि विद्युत् उत्पादन बन्द

काठमाडौं । स्वदेशी लगानीमा बनेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रले ३६ घण्टाका लागि विद्युत् उत्पादन बन्द गरेको छ । अर्धजलाशयमा आधारित विद्युत् केन्द्र भएकाले उच्च मागका समयमा पूर्ण क्षमतामा विद्युत् उत्पादनका लागि संरचनाको सरसफाइ गर्न विद्युत् उत्पादन बन्द गरिएको हो । असोजको बाढीले विद्युत् केन्द्रमा क्षति गरेपछि पुस १० बाट नदीको पानीको आधारमा विद्युत् उत्पादन गर्दै आएको थियो ।


संरचनाको सरसफाइपछि पिकिङ आवरमा ४ घण्टा पूर्ण क्षमतामा ४ सय ५६ मेगावाट विद्युत् उत्पादनको तयारी थालिएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रले बताएको छ । हाल बाढीले क्षति गरेको बायाँतर्फको बालुवा थिग्र्याउने पोखरी मर्मतपछि संचालनमा ल्याएको जलविद्युत् केन्द्रले दायाँतर्फको बालुवा थिग्र्याउने पोखरी पनि संचालनमा ल्याउने तयारी थालिएको छ ।