Tuesday, September 02, 2025

२०८२ भाद्र १७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कुमारी बैंकको तीज रेमिट्यान्सअफर


कुमारी बैंकको तीज रेमिट्यान्सअफर

काठमाडौं । कुमारी बैंक लिमिटेडले हरितालिका तीजलाई लक्षित गर्दै बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई लक्षित गरी क्यास ब्याक योजना सञ्चालन गरेको छ । निरन्तर रूपमा सरल, सहज तथा नवीनतम सेवा सुविधा दिँदै आएकोमा विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीका खाताबाट डेबिटक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भुक्तानी गर्दा तिजको शुभकामना स्वरूप यही भदौ २०—२६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई १ सय रूपैयाँको क्यास ब्याक योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यो योजनाले सेवाग्राहीहरूको विद्युतीय भुक्तानी प्रयोगमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।

२३ वर्षदेखि निरन्तर वित्तीय साक्षरता प्रवर्द्धन गर्दै बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभरका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।