काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
जसअनुसार सह विभागीय प्रबन्धक, सहायक विभागीय प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सहायक लगायतका पदमा दरखास्त दिन सकिनेछ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले ३० दिनभित्र आवेदन दिन सक्नेछन् । यसैगरी कम्पनीले आन्तरिक र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको सूचना पनि निकालेको छ ।