Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बुढानिलकण्ठमा सहकारीको ८ करोड हिनामिना गरेको आरोपमा अध्यक्षसहित ६ जना पक्राउ


बुढानिलकण्ठमा सहकारीको ८ करोड हिनामिना गरेको आरोपमा अध्यक्षसहित ६ जना पक्राउ

काठमाडौंः बुढानिलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीर बहादुर तामाङ, सोही नगरपालिका–८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका–९ बस्ने गोरखा पालुङटार नगरपालिका–७ घर भएका ५८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन्।

उक्त संस्थाका बचतकर्ताहरूबाट मुद्दती तथा बचत खातामा करोडौं रूपैयाँ निक्षेप संकलन गरी संस्थाका सञ्चालकहरूले व्यक्तिगत लाभका लागि प्रयोग गरेको प्रहरीले जनाएको छ।

बचतकर्ताहरूले बचत गरेको रकम फिर्ता लिन जाँदा मुद्दती खातामा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरेर ठूलो रकम अपचलन गरेपछि उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।