२६ असार, काठमाडौं । सेयर बजारमा आज सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ४.७३ अंकले गिरावट हुँदा २०७२.२४ को विन्दुमा बन्द भएको छ ।
मंगलबार उत्पादनमूलक र म्युचुअल फण्ड उपसूचक बढेपनि अन्य अधिकांश उपसूचक घट्दा नेप्सेमा सामान्य गिरावट भएको हो ।
विकास बैंक र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । विकास बैंक उपसूचक ३.४२ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक २.९९ प्रतिशत, उत्पादनमूलक उपसूचक ०.३३ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.३८ प्रतिशतले वृद्धि भएको छ ।
होटल तथा पर्यटन उपसूचकमा १.२६ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.१९ प्रतिशतले गिरावट भएको छ ।
त्यस्तै, नेप्सेमा ५४ हजार ९४३ वटा कारोबारमा ७९ लाख ८८ हजार ९८६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ८५ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । जसमध्ये हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक १२ करोड ७८ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको १२ करोड ५४ लाख रुपैयाँ र सोल्टी होटलको १० करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।