Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गण्डकी प्रदेशमा करिब साढे ३ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह


गण्डकी प्रदेशमा करिब साढे ३ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह

काठमाडौं । गण्डकी प्रदेशमा करिब साढे ३ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था (संक्षिप्त झलक) अनुसार असार २०८१ सम्म गण्डकीमा ३ खर्ब ४९ अर्ब ७ करोड रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ । यो परिमाण कुल राष्ट्रिय कर्जाको ६.७६ प्रतिशत हो । मुलुकको कुल कर्जा प्रवाह ५१ खर्ब ६७ अर्ब २१ करोड रुपैयाँ बराबर छ ।

केन्द्रीय बैंकका अनुसार निक्षेपतर्फ गण्डकी प्रदेशमा ५ खर्ब ३४ अर्ब ५१ करोड रहेको छ । यो राष्ट्रिय कुल निक्षेपको ८.२३ प्रतिशत हो । देशको कुल निक्षेप ६४ खर्ब ९५ अर्ब १४ करोड रुपैयाँ बराबर छ ।

त्यसैगरी गण्डकीमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या १ हजार ४ सय छ । यो १२.१४ प्रतिशत हो । तीमध्ये वाणिज्य बैंकका ५ सय ९९, विकास बैंकका १ सय ९१, वित्त कम्पनीका ३७ र लघुवित्त वित्तीय संस्थाका ५ सय ७३ शाखा छन् । देशभरि बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ११ हजार ५ सय ३० छ । गण्डकीमा वाणिज्य बैंकको उपस्थिति रहेका स्थानीय तह ८५ छ । यो ११.३० प्रतिशत हो । देशभरि भने ७ सय ५३ छ ।

त्यस्तै यो प्रदेशमा डेबिट कार्ड चलाउनेहरू १३ लाख १ हजार ३ सय २० छन् । यो कुल हिस्साको १०.९० प्रतिशत हो । क्रेडिट कार्ड चलाउने १९ हजार २३ छन् । यो कुल हिस्साको ६.५८ प्रतिशत हो । यसैगरी मोबाइल बैंकिङ चलाउनेहरू गण्डकीमा २७ लाख ४५ हजार ८ सय ५ छन् ।

यो कुल हिस्साको ११.१४ प्रतिशत हो । इन्टरनेट बैंकिङ चलाउने भने २ लाख ३७ हजार ६ सय १६ छन् । केन्द्रीय बैंकका अनुसार असार २०८१ सम्म गण्डकी प्रदेशमा १५ अर्ब ५१ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ ।