Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तीन किलो सुन तस्करीः शत प्रतिशत जरिवाना सहितको मागदाबी सहित पाँच जना विरुद्ध मुद्दा दायर


तीन किलो सुन तस्करीः शत प्रतिशत जरिवाना सहितको मागदाबी सहित पाँच जना विरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले ३ किलो सुन तस्करीको घटनामा १९ करोड बिगो र त्यसको शत प्रतिशत जरिवाना सहितको मागदाबी सहित पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ। सुनको अवैध ओसारपसार गरी राजस्व चुहावट गरेको कसूरमा विभागले अनुसन्धान गरी पाँच प्रतिवादीहरु उपर बिगो, जरिवाना र क्रैद सजायको माग गर्दै मुद्दा दायर गरेको हो ।

ना ६ ख ३५९७ नम्बरको मालबाहक गाडीमा फल्स बटन बनाई चीनको केरुङ नाकाबाट ३ केजी सुन अवैध रुपमा काठमाडौंतर्फ लैजाँदै गर्दा सुन लुटिएको घटनासँग यो मुद्दा जोडिएको छ । त्यसरी सुन ल्याउँदै गर्दा सुन लुटिएपछि तस्करको समूहले ट्रक चालकलाई अपहरण गरेका थिए ।

चालक छुटेपछि उनले सो घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले रामकृष्ण वाइवा, बुद्धिबहादुर तमाङ्ग, सुनिल तामाङ्ग, निमा डिण्डुप तामाङ्ग र कमल घलेलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागलाई बुझएको थियो । सोही घटनाको अनुसन्धान नगरी प्रतिवादीहरूमाथि जनही ३ करोड असी लाख ९१ हजार रुपैयाँका दरले बिगो कायम गरी विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।