Thursday, September 18, 2025

२०८२ आश्विन २, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय खाद्य बैंक लिमिटेडद्धारा साधारण सभा आह्वान


राष्ट्रिय खाद्य बैंक लिमिटेडद्धारा साधारण सभा आह्वान

काठमाडौं । राष्ट्रिय खाद्य बैंक लिमिटेडले यही असोज २५ गते साधारण सभा आह्वान गरेको छ । बैंकको सभा हेरिटेज प्यालेस राधेराधेमा हुने भएको हो । उक्त साधारण सभामा बैंकले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने सम्बन्धी विशेष प्रस्ताव पेश गर्ने तयारी गरेको छ । त्यसबाहेक बैंकले सभामा वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायत प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ ।

राष्ट्रिय खाद्य बैंक लिमिटेडका संस्थापक अध्यक्ष शंकरनाथ उप्रेतीका अनुसार बैंकले पुँजी विस्तार र सर्वसाधारणलाई सहभागि गराउने उद्देश्यले आईपीओ निष्काशन प्रक्रिया अघि बढाएको छ । सभाबाट विशेष प्रस्ताव पारित भएपश्चात् कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिने र आवश्यक स्वीकृति प्राप्त गरेपछि सर्वसाधारणबाट पुँजी संकलन गर्ने तयारी थलेको छ ।