Saturday, June 14, 2025

२०८२ जेष्ठ ३२, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

सांसद रवि लामिछाने पक्राउ बारे संसद सचिवालयको सूचना


सांसद रवि लामिछाने पक्राउ बारे संसद सचिवालयको सूचना

काठमाडौँ । सांसद रवि लामिछाने पक्राउ परेको विषयमा सघीय संसदको प्रतिनिधिसभाले सूचना प्रकाशित गरेको छ । संसद् अधिवेशन नचलिरहेकाले संसद् सचिवालयले सांसद लामिछाने पक्राउको जानकारी सूचना टाँसेर दिएको हो । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले शनिबार जारी गरेको सूचनामा चितवन निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेलाई फौजदारी कसुरको अनुसन्धानका क्रममा पक्राउ गरिएको उल्लेख छ । प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ मा कुनै सदस्य पक्राउ परेको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने उल्लेख छ ।

तर, बैठक नचलेको अवस्थामा सूचना सार्वजनिक गर्नुपर्ने नियमावलीमा प्रावधान छ । प्रहरीले पक्राउ गर्नेबित्तिकै सांसदको पद भने निलम्बित नहुने अहिलेको नियमावलीको व्यवस्था छ । सांसदहरूले आफ्ना लागि आफैंले बनाएको प्रतिनिधिसभा नियमावलीमा आफ्नो पदलाई सुरक्षित बनाएका छन् । प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) मा प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षका लागि थुनामा रहेको स्थितिमा मात्रै त्यस्तो अवधिभर निलम्बनमा रहने प्रावधान छ ।


प्रतिनिधिसभा नियमावली २०७५ मा भने कुनै सदस्य फौजदारी अभियोगमा पक्राउ परेर प्रहरी हिरासतमा रहेको अवस्थामा सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त नहुने उल्लेख थियो । त्यस्तो अवधिभर सदस्यले पारिश्रमिक, सेवा र सुविधा नपाउने प्रावधान थियो ।