Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अर्थतन्त्रमा बिस्तारै सुधार भएको अर्थमन्त्रीको दाबी


अर्थतन्त्रमा बिस्तारै सुधार भएको अर्थमन्त्रीको दाबी

काठमाडौं, श्रावण ३१ । अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्रमा बिस्तारै सुधार भइरहेको दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित उद्यमशील युवा, सिर्जनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले कोरोना र अन्य वाह्य कारणले नेपालको अर्थतन्त्र धराशायी बनेपनि अहिले विस्तारै सुधार भएको बताए। मन्त्री महतले अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारको आवश्यकता रहेको औल्याए।

अहिले देशभर नकारात्मक विचारहरु बढी प्रचार हुँदा परिणाम सकारात्मक नदेखिएको बताउँदै उनले नेपालको अर्थतन्त्र संकटमा रहेको भन्दै विदेश जानुको विकल्प छैन भन्नेजस्ता प्रचारबाजी भएकाले अर्थतन्त्रमा समस्या उत्पन्न भएको उनको भनाइ थियो। उनले नेपालमा केही छैन र अर्थतन्त्र संकटमा छ भन्ने जस्ता नकारात्मक विचार त्यागेर सकारात्मक उर्जा प्रदान गर्नुपर्ने बताए। मन्त्री महतले नेपालको पर्यटन, जलविद्युत र कृषिमा लगानी गर्न विस्तारै विदेशी लगानीकर्ताहरु बढ्न थालेको उनको भनाइ थियो। नेपालमै केही नयाँ काम गर्छु भनेर आउने युवाहरुलाई सरकारले सहुलियत दिएको उनले बताएका छन्।