Friday, July 04, 2025

२०८२ असार २०, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

लाभांश र मर्जर प्रस्ताव पारित गर्न सनराइज क्यापिटलद्धारा साधारण सभा आह्वान


लाभांश र मर्जर प्रस्ताव पारित गर्न सनराइज क्यापिटलद्धारा साधारण सभा आह्वान

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले लाभांश र मर्जर प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । क्यापिटलले असोज १० गते आफ्नो कार्यालय, कमलपोखरी, काठमाडौँमा तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो । सो सभा बिहान साढे १० बजे शुरु हुनेछ । सभाले सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट एक आपसमा मर्ज हुने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ