Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं र भैरहवामा बन्‍ने डाटा सेन्टरको भौतिक पुर्वाधारको ठेक्का चिनियाँ कम्पनी हुवावेलाई


काठमाडौं र भैरहवामा बन्‍ने डाटा सेन्टरको भौतिक पुर्वाधारको ठेक्का चिनियाँ कम्पनी हुवावेलाई

काठमाडौं । चिनियाँ कम्पनी हुवावेले नेपाल टेलिकमको काठमाडौं र भैरहवामा बन्‍ने डाटा सेन्टरको भौतिक पुर्वाधारको ठेक्का पाएको छ । टेलिकमले दुवै ठाउँमा एकै किमिसको डाटा सेन्टरको भौतिक पुर्वाधारका लागि चिनियाँ कम्पनी हुवावेलाई छानेको सूचना आजको गोरखा पत्रमा सूचना निकालेको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले काठमाडौं र भैरहवामा बन्‍ने डाटा सेन्टरको भौतिक पुर्वाधार बनाउने कम्पनीको नाम सार्वजनिक गरेको हो।  कम्पनीसँग एक हप्ताभित्रै सम्झौता हुने छ ।

हुवावेले ४८ करोड ४६ लाख ३८ हजार ७२१ रुपैयाँको डाटा सेन्टरको भौतिक पूर्वाधार बनाउने ठेक्का पाएको हो । डेटा सेन्टर बनाउनका आवश्‍यक चाहिने लागि पावर, सेक्युरी, कनेक्टीभिटी लगायतका भौतिक पुर्वाधार हुवावे कम्पनीले सम्झौता गरेको ९ महिनाभित्रै बनाइसक्‍नु पर्ने छ । टेलिकमले हुवालेलाई अबको एक हप्ताभित्रै डेटा सेन्टरको भौतिक संरचना बनाउनेबारे सम्झौता गर्न पत्र पठाउने छ ।