Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पुथा उत्तरगंगामा ३ हजार २ सय ६८ मत खस्यो


पुथा उत्तरगंगामा ३ हजार २ सय ६८ मत खस्यो

रुकुम । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा ३ हजार २ सय ६८ मत खसेको छ । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदानमा मध्यान्ह सवा १२ बजेसम्म १ हजार ५ सय ७८ महिला र १ हजार ५ सय ९० पुरुषले मतदान गरेको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिए ।

गाउँपालिकाको १४ वडामा १९ मतदान स्थल छन् । २२ वटा मतदान कन्द्रमा ११ हजार १ सय ८० जना मतदान छन् ।

यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबाट केशकुमारी तुलाचन उम्मेदवार छिन् । त्यस्तै, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट नरपुरा बुढा पुन उम्मेदवार छिन् ।

वडा नम्बर २ को अध्यक्षमा भने जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।