Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन तस्करीमा अलिकति पनि प्रमाण भेटिए म राजिनामा दिन तयार छुः अर्थमन्त्री महत


सुन तस्करीमा अलिकति पनि प्रमाण भेटिए म राजिनामा दिन तयार छुः अर्थमन्त्री महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता रहेको अलिकति मात्रै पनि पुष्टी भए आफू तत्कालै पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । उनले आफूमाथि व्यक्तिगत प्रहार गर्ने गरी लान्छना लगाउने समेत काम भएको बताए ।


नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी पार्टीको संसदीय दलको बैठकमा बोल्दै अर्थमन्त्री महतले पार्टी, संसद् र सडकबाट आफूमाथि अनावश्यक प्रश्न उठाएर लान्छना लगाउने काम भएको बताए । ‘म केटाकेटीदेखि नै एउटा संस्कारमा हुर्किएर आएको मान्छे हुँ । ममाथि व्यर्थको लान्छना लगाउने काम भयो । यो ममाथि भएको व्यक्तिगत प्रहार हो । ममाथि अनावश्यक शंका गर्ने र त्यही विषयलाई लिएर प्रचार गर्ने काम भयो,’ महतले भने, ’तपाइँहरू नै भन्नुस्, अलिकति पनि तपाइँहरूलाई लाग्छ कि यो पदमा बसेर मैले गलत गरेँ भन्ने हो र प्रमाण दिनुहुन्छ भने म अहिले देखि नै यो ठाउँमा बस्दिनँ ।’

उनले पार्टीभित्र हरेकलाई अनुशासनको दायरा लागू हुने र कसैलाई आफू मन नपरेकै कारण आफूमाथि व्यक्तिगत लान्छना लगाउने र होच्याउने गरी काम नगर्न आग्रह गरे । ‘मैले लोभलालच राखेको भए मैले अरु अनेक गरेर लिन सक्थेँ । करका दरदेखि लिएर विगतमा कत्ति मन्त्रीहरुले स्वार्थ साँधेर गलत गरेका उदाहरणहरु छन् । तर मैले कुनै पनि विषयमा स्वार्थ साँधेको छैन । अनि यो सुनको विषय त मेरो कल्पनाभन्दा बाहिरको विषय हो,’ उनले भने, ’त्यसकारण ममाथि यस्तो लान्छना आउनुभन्दा पहिले सोचिदिएको भए हुन्थ्यो ।’
राजस्व प्रशासनमा आफूले सकेसम्म कुनै पनि कमी कमजोरी नहुने गरी व्यवस्थापन गरिरहेको उनले बताएका छन् ।