Wednesday, June 11, 2025

२०८२ जेष्ठ २९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संविधान दिवस विविध रचनात्मक कार्यक्रम सहित तीन दिन मनाउने सरकारको निर्णय


संविधान दिवस विविध रचनात्मक कार्यक्रम सहित तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं, भदौ १७ । नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रम सहित ३ दिन भव्यसव्यतापूर्ण रुपले मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवस तीन दिन मनाउने निर्णय गरेको हो। बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो।

कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम हुनेछन्। असोज ३ गते सैनिक मञ्च टुंडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघ(संस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम हुनेछन्।

असोज ४ गते जागरणमूलक कार्यक्रम, दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कुटनीतिक नियोग तथा वाणिज्य दूतावासमा कार्यक्रम गर्ने भएको हो। उपत्यका बाहिर पनि विविध कार्यक्रम हुनेछन्। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान दिवस औपचारिक सरकारी कार्यक्रम मात्र नभएर आम जनताको उत्सव भएको बताउँदै कार्यक्रमलाई आम समुदायको स्वामित्व हुनेगरि विस्तार गर्नुपर्ने बताएका छन्।