Thursday, October 16, 2025

२०८२ आश्विन ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ट्याक्सी तथा चालक व्यवसायीद्धारा सरकारविरूद्ध प्रदर्शन


ट्याक्सी तथा चालक व्यवसायीद्धारा सरकारविरूद्ध प्रदर्शन

काठमाडौं । राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघले आज सडकमा उत्रदैं विरोध प्रदर्शन गरेकोे छ ।
सरकार विरुद्ध बिहीबार बिहान विरोध जनाउँदै उनीहरूले ¥याली निकालेका हुन् ।

‘स्वदेशमै काम गरेर खान पाउने व्यवस्था लागु गर’, ‘रातो प्लेटले यात्रु बोक्ने नीति खारेज गर’, ‘ट्राफिक ज्यादती बन्द गर’, ‘ट्याक्सी स्टेन्डको अनिवार्य व्यवस्था गर’, ‘२० वर्षे अवधि खारेज गर’ भन्ने नारा सहित माग राखेर उनीहरूले कलंकी बाफल चोकबाट चक्रपथ परिक्रमा गर्दै ¥याली निकालिएका हुन् ।

राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी सङ्घको ब्यानरमा प्रदर्शनमा उनीहरुले आफूहरूका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने लगायत माग राखेका छन् ।