हुम्ला । भेडा बाख्रा पालन व्यवसाय वृद्धि भएको छ । यो व्यवसायबाट आर्थिक आम्दानी हुन थालेपछि किसानहरू यसको व्यावसायिक पालनमा फकिएका हुन । सिमकोट गाउँपालिका– ८ को साँताको लिगुडे खेतमा भेडा बाख्रा पालक किसान प्रेमबहादुर मल्लले छोडी सकेको पेसालाई सुरु गरेको बताए । १२० वटा भेडा बाख्रा भएका मल्लले यसबाट आम्दानीको श्रोतका साथै खेतीका लागि गोठे मल पनि उत्पादन हुने भएको कारण यो व्यवसायमा फर्किएको बताए । अघिल्लो वर्ष एक सय वटा भेडा बाख्रा किनेर मल्लले यसको व्यावसायी पालन सुरु गरेका हुन । यस वर्ष बिस वटा वृद्धि भएका छन् । उनका गाउँमा एक हजार नौ सय भेडा बाख्रा हाल पालन हुँदै आएका छन् । केही दिन अगाडि मात्र सो वडाका व्यावसायी जग्गा बुढाले एक सय भेडाबाख्रा किनेर पालन सुरु गरेका हुन ।
भेडा बाख्रा पालन व्यवसाय वृद्धि