काठमाडौँ । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबारसम्म पनि पत्र काटेका थिए । घिसिङले सोमबार विद्युत् निमयन आयोगलाई उद्योगमा बिजुली कटौती गरेर भए पनि बक्यौता असुल गर्नुपर्ने भन्दै सहमति मागेका थिए ।
डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकको बक्यौता निर्क्योल गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गठन गरेको समितिलाई सर्वोच्च अदालतले काम गर्न रोक लगाएको र बिजुली काट्ने बाहेक अन्य उपाय अपनाउँदा समेत बक्यौता असुल नभएको भन्दै उद्योगमा बिजुली काटेर भए पनि असुल गर्ने भन्दै आयोगलाई पत्र काटेको हो । महसुल नबुझाउने उद्योग व्यवसायीहरु विद्युत् लाइन काटि निर्बाधरुपमा बक्यौता महसुल असुल उपर गर्न मार्गप्रशस्त गरिदिनु हुन अनुरोध गर्दछु, घिसिङले आयोलाई लेखेको पत्रमा उल्लेख छ ।
कुलमानले काटेका पत्र