Thursday, June 12, 2025

२०८२ जेष्ठ ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

राजस्व चुहावटको अभियोगमा १४ करोड मागदाबीसहित ११ जनाविरुद्ध मुद्दा


राजस्व चुहावटको अभियोगमा १४ करोड मागदाबीसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट र विदेशी मुद्रा अपचलनको अभियोगमा भन्सार कर्मचारीसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार जरिवाना र बिगोसमेत १४ करोड मागदाबीसहित उच्च अदालत पाटन, बुटवल र जिल्ला अदालत रसुवामा मुद्दा दायर गरेको हो ।


विभागका अनुसार भारतीय सेनाको नक्कली पेन्सनपट्टा खडा गरेर व्यापारिक सामान चोरी पैठारी गरेको अभियोगमा दुई जना भन्सार कर्मचारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको छ । नक्कली पेन्सनपट्टा खडा गर्ने चक्रबहादुर कुँवर, निमकाजी श्रेष्ठ र खेमबहादुर गुरुङ एवं भन्सार जाँचपासमा सहयोगीको भूमिका निर्वाह गरेका सुनसरी भन्सारका कर्मचारी सन्देश लामिछाने र दीपक कार्कीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो ।


भन्सारका कर्मचारी लामिछाने र कार्की निलम्बित भएका छन् । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार भारतीय सेनाबाट निवृत्त भएर मुलुक फर्कने बेला प्रतिव्यक्ति ५० हजार बराबरका पुराना सामान ल्याउन पाउने सुविधाको दुरुपयोग गरी नक्कली पेन्सनपट्टाका आधारमा व्यापारिक सामान ल्याएको प्रमाणका आधारमा उनीहरूलाई जेल सजायसमेत माग दाबी गरिएको छ ।

अभियुक्तमध्ये गुरुङ हिरासतमा छन् भने चक्रबहादुरविरुद्ध वारेन्ट जारी गरिएको छ । उनीहरूबाट बिगो र जरिवानासहित एक करोड ७२ लाख असुल उपर गराउन माग गरिएको छ । सपना साडी सेन्टर, बुटवलका प्रोपाइटर राजेन्द्रप्रसाद ध्वजुविरुद्ध ठूलो परिमाणमा राजस्व छलेर कपडाको व्यापार सञ्चालन गरेको अभियोगमा जेल सजायको माग गदै मुद्दा दाएर गरिएको पनि विभागका महानिर्देशक नवराज ढुंगानाले जनाए । उनीबाट ६ करोड ६२ लाख बिगो तथा जरिवाना तिराउनुपर्ने मागदाबीसहित बुटवल उच्च अदालतमा मुद्दा दायर गरिएको छ ।

ध्वजुविरुद्ध वारेन्ट जारी गरिएको छ । राजस्वको बुटवल कार्यालयले फागुनमा सारी सेन्टरमा छापा मारेर अनुसन्धान सुरु गरेको थियो । ध्वजुलाई राजस्वले पटक–पटक बोलाएर बयान लिन खोजे पनि उपस्थित नभएको बुटवल कार्यालयका अनुसन्धान अधिकृले जानकारी दिए । स्रोतका अनुसार ध्वजुलाई फरारको सूचीमा राखेर खोजी भइरहेको छ ।

अदालतबाट अनुमति लिएर प्रहरी परिचालन गरे पनि पक्राउ गर्न नसकिएको ती अधिकृतले बताए । ध्वजुले सीमाबाट निरतर ठूलो परिणाममा कपडाको चोरी पैठारी गर्दै आएको विभाग स्रोतको भनाइ छ । उनले एउटै लटमा तीन करोडभन्दा बढीको राजस्व छली गरेको देखिएको छ । त्यसैले विभागले उनीबाट बिगोसमेत झन्डै ७ करोड असुल्नुपर्ने दाबी गरेको हो ।

विभागले चीनबाट रसुवा नाका भएर आयात व्यापार गर्ने सिलसिलामा राजस्व छलीको अभियोगमा करम दिन सेख र केशव चापागाईंविरुद्ध जेल सजायसहित ६८ लाख राजस्व रकम तिराउनुपर्ने मागसहित पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । विदेशी विनिमय अपचलन गरेको अभियोगमा सुदीप शर्मा, फुसाङबु शेर्पा र सायो दिङलाई ५ करोड ६७ लाख बिगो र जरिवनासहित जेल सजायको माग गरिएको छ ।