Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वीरगन्ज सुक्खा बन्दरगाहमा पहिलो पटक कार्गो रेलमार्फत कोइला भित्रियो


वीरगन्ज सुक्खा बन्दरगाहमा पहिलो पटक कार्गो रेलमार्फत कोइला भित्रियो

काठमाडौं, १७ असार । वीरगन्ज सुक्खा बन्दरगाहमा पहिलो पटक कार्गो रेलमार्फत डस्टी (कोइला) भित्रिएको छ । गोदावरी कमोडिटिजको ३६ सय टन कोइला लिएर भारतीय रेल वीरगन्ज सुक्खा बन्दरगाहमा आएको हो । यसअघि वीरगन्ज सुक्खा बन्दरगाहमा डस्टी कार्गो व्यवस्थापनको लागि आवश्यक भौतिक पूर्वाधार नहुँदा रक्सौलमा झारेर त्यहाँबाट ट्रकमा हालेर नेपाल ल्याउनुपर्ने बाध्यता थियो ।

वीरगन्ज सुक्खा बन्दरगाहमा मानव स्वास्थ्यमा असर नपर्नेगरी ६ नम्बर रेल्वे ट्रयाकमा डस्टी कार्गो व्यवस्थापनका लागि आवश्यक भौतिक पूर्वाधार (डस्टी कार्गो झार्ने ठाउँ) को व्यवस्था तयार गरिएपछि सहज भएको सुक्खा बन्दरागाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्माले जानकारी दिए ।

प्रिस्टिन भ्यालीका निर्देशक रजनिश कुमारले २०२२ डिसेम्बर अन्त्यतिर यो बन्दरगाह नाकामा डस्टी कार्गो आयातको लागि पूर्वाधार तयार भइसकेको बताए । प्रिस्टिन भ्यालीले करिब ४ करोड रुपैयाँ लगानी गरी बन्दरगामा डस्टी कार्गो आयातका लागि पूर्वाधार तयार पारेको थियो ।