Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सैनिक मञ्च टुडिँखेलमा प्रधानमन्त्री केपी शर्मा ओली, विश्व ध्यान दिवस २०८१ मनाइँदै


सैनिक मञ्च टुडिँखेलमा  प्रधानमन्त्री केपी शर्मा ओली, विश्व ध्यान दिवस २०८१ मनाइँदै

काठमाडौँ । आज विश्व ध्यान दिवस २०८१ मनाइँदै छ । यस दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सैनिक मञ्च टुडिँखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो ।

विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ । राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।