Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उद्योग परिसंघले भन्योःअर्थतन्त्र चलायमान हुनेगरी मौद्रिक नीति ल्याउनु पर्यो


उद्योग परिसंघले भन्योःअर्थतन्त्र चलायमान हुनेगरी मौद्रिक नीति ल्याउनु पर्यो

काठमाडौं, १७ असार । नेपाल उद्योग परिसंघ (सीएनआई)का पदाधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आगामी मौद्रिक नीतिका सम्बन्धमा छलफल गरेका छन् । छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र चलायमान हुनेगरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । यतिबेला समग्र वस्तु मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको उनले बताए ।

पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना स्थगित हुने गरेको अहिले भने तरलता भएता पनि कर्जाको उच्च ब्याज तथा चालु पुँजी कर्जाका विभिन्न प्रावधानका कारण बाधा उत्पन्न भएको अग्रवालले बताए । आगामी आर्थिक वर्षमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रकि नीतिको अपेक्षा निजी क्षेत्रले गरेको छ’ गभर्नरसँगको छलफलका क्रममा अग्रवालले भने ।

लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा रकम कम्तिमा १२ प्रतिशतले बढाउनुपर्ने र कर्जा विस्तार गर्दा उत्पादमूलक क्षेत्रमा जोड दिनुपर्ने उनको भनाइ छ । सो अवसरमा गभर्नर अधिकारीले परिसंघका सुझावलाई अध्ययन गरेर आवश्यकताका आधारमा मौद्रिक नीतिमा समेटिने बताए । मूल्य वृद्वि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाबतर्फ सजग भइरहनुपर्ने गभर्नर अधिकारीले बताए ।