Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कोशी प्रदेशमा अधिकांश सिमेन्ट उद्योग बन्द


कोशी प्रदेशमा अधिकांश सिमेन्ट उद्योग बन्द

काठमाडौं । कोशी प्रदेशका अधिकांश सिमेन्ट उद्योग बन्द भएका छन् । प्रदेशमा रहेका १५ वटा सिमेन्ट उद्योग मध्ये ९ वटा सिमेन्ट उद्योग बन्द छन् । बाँकी रहेका उद्योगहरूले पनि क्षमताको आधा भन्दा कम सिमेन्ट उत्पादन गर्दा सिमेन्ट उद्योगमा भएको अरबौँ रुपैयाँ डुबेको छ । कोशी प्रदेशमा क्लिंकर किनेर सिमेन्ट उत्पादन गर्दै आएका १३ वटा सिमेन्ट उद्योग छन् । ती उद्योगमा मात्रै २० अर्बभन्दा बढी लगानी छ । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग र निगाले सिमेन्टले भने आफै क्लिंकर उत्पादन गर्दै आएका छन् ।