Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एक वर्षमा २० हजार पर्यटक अन्नपूर्ण पदमार्ग भित्रिए


एक वर्षमा २० हजार पर्यटक अन्नपूर्ण पदमार्ग भित्रिए

काठमाडौं, श्रावण ११ । आर्थिक २०७९,८० मा २० हजारभन्दा बढी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ जिल्लामा भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका अनुसार आव ०७९,८० मा सार्क राष्ट्रका ८ सय ४३ र अन्य राष्ट्रका १९ हजार चार सय २४ पर्यटक गरी २० हजार दुई सय ६७ जनाले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ घुमेका छन् ।

पदमार्गमा १२ हजार सात सय ७९ पुरुष र सात हजार चार सय ८५ महिला र अन्य तीनजना पर्यटकले मनाङ घुमेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले बताएका छन् । आव ०७८,७९ मा ६ हजार ९ सय ९० जना पर्यटक मनाङ भित्रिएका थिए भने ०७७,७८ मा कोरोनाका कारण ६ सय तीनजना पर्यटक मात्र मनाङ पुगेका थिए ।

अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक आउने गर्छन् । लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ ।बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत् तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे, थोराङपास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदमार्गको यात्रा पूरा हुन्छ ।

पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।