Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आशिका तामाङलाई अभद्र व्यवहारमा अनुसन्धान गर्न ५ दिन म्याद थप


आशिका तामाङलाई अभद्र व्यवहारमा अनुसन्धान गर्न ५ दिन म्याद थप

स्वयम्भूबाट पक्राउ परेकी आशिका तामाङलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । प्रहरी प्रतिवेदनको आधारमा गौशाला प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

माघ २ मा पक्राउ परेकी आशिकालाई अनुसन्धान गर्न पशुपति क्षेत्र विकाश कोषले पनि प्रहरीलाई पत्र पठाएको छ । पशुपति क्षेत्र विकाश कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन् ।

प्रहरीसँग उनले विवाद गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।