Sunday, July 27, 2025

२०८२ श्रावण १२, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घोराही सिमेन्टले जेठ ३२ गतेदेखि आइपीओ निष्कासन गर्ने


काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ देखि प्रिमियममा आइपीओ निष्कासन  गर्ने भएको छ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका  नेपालीहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता  सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि सेयर बाँडफाँट गरेर बाँकी भएको सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो।

उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ।