Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दोलखामा प्रहरीले तस्करीको थप ४ किलो सुन बरामद


दोलखामा प्रहरीले तस्करीको थप ४ किलो सुन बरामद

काठमाडौं, दोलखामा प्रहरीले तस्करी गरेर ल्याएका थप ४ किलो सुन बरामद गरेको छ । विगु गाउँपालिका–१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा आइतबार दिउँसो ४ किलो सुन बरामद गरेको दोलखाका प्रहरी प्रमुख दिपक खड्काले बताएका छन्। दोलखामा तस्करीको थप ४ किलो सुन बरामद लामाबगरमा बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा फेला पारेका छौं, उनले भने, तर सो सुन तस्करी गरी लुकाउने व्यक्ति पहिचान भएको छ। हाल उनी फरार रहेका प्रहरीले बताएको छ।

यो सहित प्रहरीले गएको ५ दिनमा ११ किलो सुन बरामद गरेको छ। सुन तस्करीमा संलग्न थप २ जना पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा विगु गाउँपालिका–१ लामाबगर ३० वर्षीय चसमान तामाङ र अन्दाजी २७ वर्षीय राज तामाङ रहेको प्रहरीले बताएको छ। सुन तस्करीमा संलग्न रहेको ओरोपमा चसमानलाई लामाबगरबाट आइतबार र राजलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरी दोलखा ल्याइएको प्रहरी नायव उपरीक्षक खड्काले बताएका छन्।

विगु गाउपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैधरुपमा ल्याएर लुकाएको सुन बुधबार ४ किलो र शुक्रबार ३ किलो सुन प्रहरीले पक्राउ गरेको थियो। सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका ७ जना पक्राउ परेको प्रहरीले बताएको छ। प्रहरीले हालसम्म तस्करले ल्याएको ११ किलो सुन पक्राउ गरेको छ।