Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तलब तथा ज्याला सूचकांकको आधार वर्ष परिवर्तन


तलब तथा ज्याला सूचकांकको आधार वर्ष परिवर्तन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तलब तथा ज्याला सूचकांकको आधार वर्ष परिवर्तन गरेको छ । आर्थिक वर्ष २०८०,८१ लाई नयाँ आधार वर्ष कायम गरी त्रैमासिक रुपमा तलब तथा ज्याला सूचकांक प्रकाशित गरिएको राष्ट्र बैंकले जनाएको छ । नयाँ तलब तथा ज्याला सूचकांक प्रादेशिक, नेपालस्तरीय औद्योगिक वर्गीकरण र नेपालस्तरीय पेसागत वर्गीकरण गरी तीनवटा ढााचामा प्रकाशित गरिएको छ ।

जनअनुसार आर्थिक वर्ष २०८१,८२ को प्रथम त्रैमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकांक ३.३६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा यस्तो सूचकांक ५.६५ प्रतिशतले बढेको थियो ।प्रदेशगत रुपमा गत असोजमा कोशी प्रदेशको वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकांकको वृद्धिदर १.२४, मधेश प्रदेशको ४.९९, वाग्मती प्रदेशको २.९५, गण्डकी प्रदेशको २.२६, लुम्बिनी प्रदेशको ३.६७, कर्णाली प्रदेशको ५.०३ र सुदूरपश्चिम प्रदेशको ६.४० प्रतिशत रहेको छ ।