Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सञ्चित कोष एक खर्ब ९३ अर्बले घाटा, निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको विस्तार घटेको छः गभर्नर अधिकारी


सञ्चित कोष एक खर्ब ९३ अर्बले घाटा, निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको विस्तार घटेको छः गभर्नर अधिकारी

काठमाडौं ४, साउन । नेपाल राष्ट्र बैंंकका गभर्नर महाप्रसाद अधिकारीले सञ्चित कोष एक खर्ब ९३ अर्बले घाटा रहेको र निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको विस्तार घटेको बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बिहीबारको बैठकमा गभर्नर अधिकारीले बजारमा माग घट्नु र लगानी विस्तार खुम्चिएका कारण कर्जाको माग घटिरहेता पनि अहिले निक्षेप र कर्जाको ब्याजदर निरन्तर घट्ने क्रममा रहेको बताएका छन् ।

पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको, ब्याजदर घट्दो क्रममा रहेको, पर्याप्त तरलताको अवस्था लगायत केही सकारात्मक सूचक देखिए पनि मूल्यवृद्धि नियन्त्रण हुन नसकेको, सञ्चित कोष घाटामा रहेको, कर्जा विस्तार सुस्ताएको लगायत समस्या कायमै रहेको उनको भनाइ छ ।

उनले भने, ‘गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको वाञ्छित सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको छ । अघिल्लो वर्षको तुलनामा अहिले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको छ ।’ बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने समेत उनले बताए ।

अहिले बैंकिङ प्रणालीमा ८८ अर्ब ५४ करोड अधिक तरलता रहेको भन्दै गभर्नर अधिकारीले हाल चालू खाता घाटा ७० अर्ब रहेको र बजारमा शिथिलता देखिएका कारण कर्जा असुलीमा समस्या भएको बताए । अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न के–कस्ता उपकरण प्रयोग गर्ने भन्ने विषयमा राष्ट्र बैंकले उचित निर्णय लिने पनि उनको भनाई छ ।