काठमाडौँ । सर्वोच्च अदालतले व्यक्तिवादी फौजदारी मुद्दामा प्रतिवादीलाई थुनामा राख्दा सिधा (खाना) खर्चसमेत सरकारले नै बेहोर्नुपर्ने फैसला सुनाएको छ । चेक बाउन्सजस्ता मुद्दामा व्यक्ति थुनामा राख्नु परेमा सिधा खर्च जाहेरवालाले तिर्नुपर्ने थियो ।
सर्वोच्च अदालतले चेक अनादर सम्बन्धी मुद्दामा थुनामा रहेको व्यक्तिको हकमा सिधाको व्यवस्था गर्नुपर्ने भनी व्याख्या गरेको हो । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो ।
बन्दी प्रत्यक्षीकरणको रिटमार्फत सर्वोच्च अदालत आइपुगेको चेक अनादरसम्बन्धी एक मुद्दामा सर्वोच्चले दुनियाँवादी फौजदारी मुद्दामा पनि कैद सजाय सुनाइएको भए कैद गर्दा लाग्ने सिधा खर्चसमेत सरकारले नै बेहोर्नुपर्ने फैसला सुनाएको हो ।