Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आकर्षण इन्टरनेशनलले कुनै शुल्क नलिई पठायो एक हजार ८७५ श्रमिक


आकर्षण इन्टरनेशनलले कुनै शुल्क नलिई पठायो एक हजार ८७५ श्रमिक

काठमाडौं । आकर्षण इन्टरनेसनल प्रालिले अर्थिक वर्ष २०७९/८० मा एक हजार ८७५ जना नेपाली श्रमिकलाई कुनै शुल्क नलिइ शून्य लागतमा मलेसिया पठाएको जानकारी दिएको छ ।

नेपाल सरकारले लागू गरेको ‘फ्रि भिसा, फ्रि टिकट’को नीतिअनुसार म्यानपावर कम्पनीले सेवा शुल्कबापत १० हजार रुपैयाँ लिन पाउँछन् । तर, आकर्षण इन्टरनेसनलले मलेसिया जाने श्रमिकलाई कुनै शुल्क नलिई शून्य लागतमा पठाएको जानकारी दिएको छ ।

बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा न्यायोचित नियुक्तिको प्रक्रिया अवलम्बन गरी पूर्णतया कुनै पनि शुल्क नलाग्ने गरी शून्य लागतमा नै श्रमिकहरुलाई वैदेशिक रोजगारीमा पठाइएको कम्पनीका अध्यक्ष विष्णु केसीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा उक्त म्यानपावरमार्फत एक हजार ८७५ जना रोजगारीका लागि मलेसिया पुगेका छन् । जसमा एक हजार ६५४ जना पुरुष र २२१ जना महिला रहेका छन् ।

श्रमिकको सम्पूर्ण हक अधिकार र सुरक्षाको प्रत्याभूति गराउँदै वैदेशिक रोजगारमा पठाएको उनले बताए । श्रमिकहरुलाई विदेश जाँदा लाग्ने सम्पूर्ण खर्च जस्तैः भिसा, टिकट, मेडिकल, बिमा, कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष आदिका साथै अन्तर्वार्तादेखि उडानसम्मको प्रक्रियामा आउने–जाने गाडी भाडा, खाना, बस्ने व्यवस्था एवं राहदानीबापतको शुल्कसमेत भुक्तानी दिँदै आएको अध्यक्ष केसीले दाबी गरे ।