काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशको बजेटप्रति असन्तुष्टि रहे पनि तत्कालै सरकार नछाड्ने स्पष्ट पारेका छन् ।
शनिबार सप्तरीको बलान बिहुल गाउँपालिकामा कृषि विद्युतीकरण योजनाको अवलोकन गर्न पुगेका उनले पार्टीले कृषक हितमा दीर्घकालीन योजना ल्याएको, तर ती योजनाहरू बजेटबाट हटाइएकाले असन्तुष्टि व्यक्त गर्नु परेको बताएका हुन् ।
जनमत पार्टी जनताको पक्षमा उभिने पार्टी हो । कृषकसहित जनताको भलाइ हुने दीर्घकालीन योजना ल्याएका थियौं’, उनले भने । त्यसैले हामी असन्तुष्ट भएका हौं, तर अहिल्यै सरकार छाड्ने निर्णय गरेका छैनौं । मोर्चाको मूल उद्देश्य संविधान संशोधनकै लागि दबाब सिर्जना गर्नु हो ।