Friday, June 13, 2025

२०८२ जेष्ठ ३१, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

भदौ १ बाट बागमती प्रदेशका १३ सरकारी अस्पतालमा ‘जनरल बेड’बाहेक अन्य निः शुल्क


भदौ १ बाट बागमती प्रदेशका १३ सरकारी अस्पतालमा ‘जनरल बेड’बाहेक अन्य निः शुल्क

काठमाडौं, श्रावण २९ । बागमती प्रदेश सरकार अन्तरगतका १३ वटा सरकारी अस्पतालमा भदौ १ गतेबाट आईसीयु, एनआईसीयु र क्याबिन बाहेकका अन्य शय्याहरुमा बिरामीले निःशुल्क बस्न पाउने भएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको गत श्रावण २२ को मन्त्री स्तरीय निर्णयलाई कार्यान्वयन गर्न सबै १३ अस्पताललाई पत्राचार गरिएको छ । सरकारी अस्पतालमा सेवा लिन आउने बिरामीलाई आर्थिक भारको अवस्था सृजना नहोस् भन्ने उद्देश्यले निर्णय गरिएको मन्त्रालयले बताएको छ ।

मन्त्रालयले भदौ १ गतेबाट १३ जिल्लामा रहेको आयुर्वेदिक अस्पतालबाट निःशुल्क फिजियोथेरापी सेवा पनि सञ्चालन गर्ने निर्णय गरेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका आयुर्वेद चिकित्सक डाक्टर रविन भुसालले बताएका छन्।

मन्त्रालयले श्रावण २२ गते नै अर्को पनि निर्णय गर्दै प्रदेशका सबै नीजि तथा सामुदायिक अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गरी असहाय, अपाङ्ग वर्ग क र ख तथा विपन्न बेवारिसे बिरामीको उपचारको व्यवस्थापन गर्ने कामको पनि थालनी गर्ने बताएको छ । सरकारी अस्पतालमा आम नागरिकको पहुँच स्थापनाको लागि प्रदेश सरकारले कार्यक्रमको सुरुवात गरेको मन्त्रालयले बताएको छ ।