Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बस, कार र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु


बस, कार र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको तौलिहवा–भैरहवा सडक खण्डको गुलरीमा बस, कार र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ गुलरीस्थित तौलिहवा–भैरहवा सडकखण्डमा भैरहवादेखि तौलिहवातर्फ आउँदै गरेको लु २ ख २३१ नम्बरको बस र विपरीत दिशातर्फ आउँदै गरेको बा १४ च ७४४८ नम्बरको कार र लु. ३८ प ९१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु र ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

कारमा सवार प्युठान पकाला–७ का ४३ वर्षीय निमबहादुर सारुको मेडिकल कलेज भैरहवामा र कार चालक जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका–४ हरिहरपुरका ४५ वर्षीय इन्द्रबहादुर सार्कीको कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ ।

गम्भीर घाइते भएका चार जनामध्ये तीन जनाको सिद्धार्थ नगर सिटी हस्पिटल भैरहवा र १ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका ७ जनाको लबनीस्थित अल्सेक अस्पताल उपचार भइरहेको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।