Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घुम्न जाओैं बर्दिया अभियान आज देखि सुरु


घुम्न जाओैं बर्दिया अभियान आज देखि सुरु

बर्दिया । बर्दियाको पर्यटन प्रचार प्रसारको लागि घुम्न जाओैं बर्दिया अभियान आज देखि सुरु भएको छ । जिल्ला भरिका पर्यटकीय क्षेत्र, स्थानीय कला संस्कृतिको बारेमा प्रचार प्रसार गर्ने उद्देश्यले अभियान सुरु भएको हो ।

पर्यापर्यटनको विकास गरि अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वाराको वेतहीनमा रहेको सांस्कृतिक डबलीमा विशेष कार्यक्रमको आयोजना गरि उद्घाटन गरिने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले बताए ।

लुम्बिनी प्रदेश र ठाकुरबाबा नगरपालिकाको संयुक्त आयोजनामा घुम्न जाओैं बर्दिया कार्यक्रमको उद्घाटन हुने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले जानकारी दिए ।

बर्दियाको मुख्य पर्यटकीय केन्द्र बर्दिया राष्ट्रिय निकुञ्ज सँग सँगै जिल्ला कै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाओैं बर्दिया कार्यक्रम आयोजना गरिएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले बताए ।

देशका विभिन्न राष्ट्रिय निकुञ्ज भन्दा फरक जैविक विविधता बर्दिया राष्ट्रिय निकुञ्जमा एकै दिनमा बाघ, गैँडा र जंगलीहात्तीको बथानका साथ साथै चित्तल जरायो बाह्रसिङ्गा विभिन्न प्रकारका चराचुरुङ्गी देख्न पाइन्छ । तर प्रचार प्रसारको अभावमा तुलनात्मक रुपमा बर्दिया घुम्न आउने पर्यटक कम रहेका छन् ।