Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सर्लाहीमा समृद्धि फाइनान्सको गैर शाखा उद्घाटन


सर्लाहीमा समृद्धि फाइनान्सको गैर शाखा उद्घाटन

काठमाडौं । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको संस्था समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नवौं शाखाको रुपमा शाखा कार्यालय गैर, सर्लाहीको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

कविलासी नगरपालिकाका मेयर ब्रहम देव राय र समृद्धि फाईनान्स लि.का संस्थापक संचालक सुजन अधिकारीले संयुक्त रुपमा आज सो शाखा समुद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै मेयर ब्रहम देव रायले यस भेगमा बैकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा वैकिङ्खकारोबार गर्न यहाँका स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अव सो समस्याबाट यहाँका वासिन्दाले मुक्ती पाई सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको धारणा व्यक्त गरे ।

कार्यक्रममा उपमेयर पुनम कर्णले यस ठाउँमा रहेको जनता अधिकांस कृषकहरु रहेको तथा उनीहरु कतिपयलाई कसरी वैकिङ्ख सेवा लिने सो सम्बन्धमा जानकारी समेत नभएकोले कर्मचारीहरुले सो मा थप सहजीकरण गरि कुरा वुझाएर वैकिङ्ख दायरमा ल्याई वैकिङ्ख सेवा दिई विश्वासिलो ढंगले कार्य गर्न सुझाव दिएका छन् ।

फाईनान्सको शाखा प्रबन्धक रामहरि निरौलाले संचालन गरेको उक्त कार्यक्रममा कविलासी नगरपालिकाको मेयर प्रमुख अतिथि, नगरपालिकाको उपमेयर पुनम कर्ण र नेपाल सरकारको भूतपूर्व सहकारी अधिकृत तथा विशिष्ट अतिथिको रुपमा राजश्री बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक प्रमुख रामलक्ष्मण राय तथा विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल अहिले नौ वटा पुगेको छ । संस्थाले यसै हप्ता थप ३ नयाँ शाखाहरु उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।