Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं विमानस्थलमा उत्तरबाट जहाज अवतरण निषेध


काठमाडौं विमानस्थलमा उत्तरबाट जहाज अवतरण निषेध

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक मात्र धावनमार्गका दुवै विन्दुमा भइरहेको निर्माणका कारण यही अप्रिल–१ सोमबार देखि बौद्धतर्फको उत्तरी विन्दु (२०) बाट तीन महिनालाई जहाज अवतरण गराउन नपाइने भएको छ ।

उत्तरतर्फको धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका एसोसिएटेड कार्यको विस्तार भइरहेकाले सोमबारदेखि तीन महिनालाई उत्तरी विन्दुबाट जहाज अवतरण गर्न रोक लगाइएको विमानस्थलभित्र पूर्वाधारमा कार्यरत ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ का निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठको भनाई छ । ९० दिनभित्र उत्तरतर्फको धावनमार्गमा समानान्तर ट्याक्सी–वे निर्माण सक्ने योजना छ । त्यसपछि काठमाडौं विमानस्थलको धावनमार्गको क्षमता थप वृद्धि हुनेछ ।

 
नियमले काठमाडौंबाट आँखाको सहायताले हुने भिजुअल फ्लाइट रुल्स (भीएफआर) मा आधारित उडान उड्ने तथा त्यही विन्दुबाट अवतरण हुने पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुनेछन् ।

काठमाडौं विमानस्थलको धावनमार्गको लम्बाइ ३ हजार ५० मिटर छ । उत्तरबाट अवतरणरउडान गर्न नपाइने र पूर्वाधार विस्तार गर्नुपर्ने भएकाले चालकदलले जहाजलाई उत्तरतर्फको अल्फा ट्याक्सी–वेबाट माथि जहाज लैजान पाउने छैनन् ।