Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक(तालिका सहित)


क्यानको  वार्षिक क्यालेन्डर सार्वजनिक(तालिका सहित)

काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानले सन् २०२५ को आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले आज वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरअनुसार नेपालको सिनियर पुरुष टोलीले आईसी विश्वकप क्रिकेट लिग–२, टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्नेछ ।

यो वर्ष नेपाली सिनियर पुरुष टोलीले आउँदो सेप्टेम्बरमा यूएईमा टेस्ट राष्ट्रसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पनि खेल्नेछ । यो शृङ्खलापछि टोलीले ओमानमा आईसीसी टी–२० विश्वकप छनोट खेल्नेछ । यस्तै सिनियर महिला टोलीले मे ७ देखि २१ सम्म थाइल्यान्डमा आईसीसी टी–२० विश्वकप एशिया छनोट र जुनमा इमर्जिङ टिम्स एशिया कप खेल्ने तालिका छ ।

यस्तै १९ वर्षमुनिको पुरुष टोलीले अप्रिल १२ देखि २८ सम्म आईसीसी क्रिकेट विश्वकप एशिया छनोट, एसीसी प्रिमियर कप, एसीसी एशिया कप खेल्ने तालिका छ । यस्तै १९ वर्षमुनिको महिला टोलीले जुलाईमा मलेसिया भ्रमण गर्नेछ । यस्तै क्यालेन्डरमा १६ वर्षमुनिको टोलीले खेल्ने प्रतियोगिता पनि समावेश छ । यस्तै घरेलु क्रिकेटमा नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण नोभेम्बरमा हुने भएको छ । यसअघि अगस्टमा एनपीएलको मिनी अक्शन हुने तालिकामा उल्लेख छ ।