काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गर्दै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चार दिनको भ्रमणका लागि चीन प्रस्थान गर्न लागेका हुन । प्रधानमन्त्री ओलीको नयाँ कार्यकालमा यो उनको पहिलो औपचारिक चीन भ्रमण हो । प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलायन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओली चारदिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गर्दै