काठमाडौं । सुर्खेत–दैलेख सडकखण्डको रानीमत्तामा फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी तीव्र गतिका कारण दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन । अहिले २५ जना घाइतेलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको छ ।