Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रौतहटको पूर्वीभेगमा भीषण आगलागी आधा दर्जनभन्दा बढी घर जलेर नष्ट


रौतहटको पूर्वीभेगमा भीषण आगलागी  आधा दर्जनभन्दा बढी घर जलेर नष्ट

काठमाडौं । रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका—५ स्थित पासवान टोलमा आइतबार मध्यरात भीषण आगलागी भएको छ। आगलागीबाट आधा दर्जनभन्दा बढी घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको हो।

गएराति सवा २ बजेको समयमा पताही बस्ने जगतनाथ पासवानको खरले बारेको घरनजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान, प्रदीप पासवानलगायत ७ जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट ८ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मानविय क्षति भने भएको छैन ।