Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल टेलिकमले भन्योः डिजिटल कारोबार गर्दा सार्वजनिक वाइफाईको सट्टा मोबाइल डेटा प्रयोग गरौं


नेपाल टेलिकमले भन्योः  डिजिटल कारोबार गर्दा सार्वजनिक वाइफाईको सट्टा मोबाइल डेटा प्रयोग गरौं

काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले डिजिटल कारोबार गर्दा सार्वजनिक वाइफाईको सट्टा मोबाइल डेटा प्रयोग गर्न अनुरोध गरेको छ । सुरक्षा जोखिमलाई औंल्याउँदै टेलिकमले सर्वसाधारणलाई मोबाइल डेटा प्रयोग गर्न भनेको हो । प्रयोगकर्ताले भने डेटा महँगो भएको प्रतिक्रिया दिएका छन् ।

मोबाइल एप वा वालेटमार्फत डिजिटल भुक्तानी गर्दा सार्वजनिक वाइफाईको प्रयोग असुरक्षित हुन सक्ने टेलिकमले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

यसले साइबर सुरक्षासम्बन्धी विभिन्न जोखिम उत्पन्न गराउन सक्ने भएकाले टेलिकमको मोबाइल डेटा प्रयोग गर्न सुझाव दिएको हो । टेलिकमले यसबारे सामाजिक सञ्जालमा पोस्ट गरेको छ । उक्त पोस्टमा कतिपय प्रयोगकर्ताले डेटा सस्तो बनाउन आग्रह गरेका छन् ।

नेपाल टेलिकमका ग्राहकहरूले मोबाइलबाट आस्टरिस्क १४१५ मोबाइलबाट आस्टरिस्क १४१५ ह्यास (*१४१५#) डायल गरी वा नेपाल टेलिकमको एप प्रयोग गरेर आवश्यक डेटा प्याक सजिलै खरिद गर्न सक्ने सूचनामा भनिएको छ ।

ग्राहकले सहुलियत दरका डेटा प्याकेज खरिद गर्न सक्ने टेलिकमको भनाइ छ । टेलिकमले सुरक्षा जोखिम औंल्याउँदै आफ्ना ग्राहकलाई यसबारे सचेत रहन र मोबाइल नेटवर्ककै प्रयोगलाई प्राथमिकता दिन अनुरोध गरेको हो ।