काठमाडौं । सामाजिक सुरक्षा कोषमा साउन महिनाको योगदान रकम जम्मा गर्ने अवधि थप गरिएको छ । कोषले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको छ । कोषका अनुसार देशमा विद्यमान असहज परिस्थितिका कारण कोषमा जम्मा गर्नुपर्ने साउन महिनाको योगदान वापतको रकम जम्मा गर्ने अवधि ५ असोजसम्म लम्ब्याउने निर्णय भएको छ । सोही अनुसार रोजगारदाता र योगदानकर्ताले रकम जम्मा गर्न सक्ने कोषको भनाइ छ ।
साउन महिनाको योगदान रकम जम्मा गर्ने अवधि थप