Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकद्धारा तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज


राष्ट्र बैंकद्धारा तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ । विप्रेषण नियमावलीअनुसार तीन कम्पनीको लाइसेन्स खारेज हुने देखिएकाले कार्यान्वयन गरिएको राष्ट्र बैंकले औंल्याएको छ ।

यसरी लाइसेन्स खारेज हुने रेमिट्यान्स कम्पनीमा नमस्ते रेमिट इन्टरनेसनल प्रालि (नयाँ बानेश्वर), मोडर्न रेमिट्यान्स प्रालि (कमलपोखरी), भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ)   छन् ।

यदि यी कम्पनीसँग कारोबारका क्रममा कुनै रेमिट्यान्स रकम बाँकी रहेको भएमा ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकारी गराउन व्यक्ति वा संघसंस्थालाई राष्ट्र बैंकले आग्रह गरेको छ । तोकिएको म्यादभित्र लिखित जानकारी नआएमा ती रेमिट्यान्स कम्पनीको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।