Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

थुनुवालाई छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा तीन जना पक्राउ


थुनुवालाई छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा तीन जना पक्राउ

कैलाली । कैलालीमा लागुऔषध मुद्दामा पक्राउ परेका थुनुवालाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । लागुऔषध मुद्दामा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१ का एक जना थुनुवालाई थुनामुक्त गरिदिने भन्दै उनको परिवारबाट रकम असुलेको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ बस्ने २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेको कैलाली प्रहरीले जनाएको छ । उनीहरुले थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको छ ।