Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढ्यो


डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन ९आन्तरिक०तर्फ प्रतिलिर रु ३ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २२ ले घटाइएको निगमले जनाएको छ ।

मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १ सय ४० रुपैयाँ ५० पैसा, १ सय ४२ रुपैयाँ र १ सय ४३ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर १ सय ५६ रुपैयाँ ५० पैसा, १ सय ५८ रुपैयाँ र १ सय ५९ रुपैयाँ तोकिएको छ ।

आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर १ सय १८ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर ९ सय १, पोखरामा ७ सय २१ र भैरहवामा ७ सय ६ तोकेको छ ।

इन्डियन आयल कर्पोरेसशनबाट शनिबार प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढेर तथा हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।